
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको बिकासका लागि सबै गम्भीर भएर लाग्नुपर्ने बताएका छन् ।
नेपाल व्यवस्थापन संघको आयोजनामा शुक्रबारबाट सुरु सीइओ सम्मेलन २०२२ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मुलुकलाई आत्मनिर्भर बनाउदै मुलुकको बिकासका लािग सबै गम्भीर भएर लाग्नुपर्ने बताएका हुन् ।
उनले आयातभन्दा पनि उत्पादन बृद्धि गरेर उचित बितरणमा लाग्नुपर्ने धारणा राखेका छन् । मन्त्री कार्कीले एसियामा नै मुलुकलाई समृद्ध मुलुकको सूचीमा पुराउने जनताको चाहनलाई पुरा गर्न सवै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।
बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशिलता र प्रविधि क्षेत्रलाई समेटेर सम्मेलनको आयोजना गरिएको संघले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
सातामा २ दिन बिदाः कर्मचारीलाई मात्र कि राज्यलाई नि हुन्छ फाइदा ?
राजदूत भोल्कबाट सीपमेलाको स्थलगत अवलोकन
सत्ता र प्रतिपक्षमा रहँदा एउटै आवाज हुनुपर्छ: सांसद शाही
साढे छ वर्षपछि कर्णाली प्रदेशमा माओवादी प्रतिपक्षमा
कांग्रेसले एक्लै प्रतिष्पर्धा गर्नुपर्ने बधियेता
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलाई फोर.एच.नेपालले बुझायो १० बुँदे घोषणा प...