
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको बिकासका लागि सबै गम्भीर भएर लाग्नुपर्ने बताएका छन् ।
नेपाल व्यवस्थापन संघको आयोजनामा शुक्रबारबाट सुरु सीइओ सम्मेलन २०२२ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मुलुकलाई आत्मनिर्भर बनाउदै मुलुकको बिकासका लािग सबै गम्भीर भएर लाग्नुपर्ने बताएका हुन् ।
उनले आयातभन्दा पनि उत्पादन बृद्धि गरेर उचित बितरणमा लाग्नुपर्ने धारणा राखेका छन् । मन्त्री कार्कीले एसियामा नै मुलुकलाई समृद्ध मुलुकको सूचीमा पुराउने जनताको चाहनलाई पुरा गर्न सवै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।
बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशिलता र प्रविधि क्षेत्रलाई समेटेर सम्मेलनको आयोजना गरिएको संघले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
राष्ट्रियसभाकाे बैठक आज बस्दै, यस्ताे छ कार्यसूची
नेता नागेन्द्र राय यादव नेकपा एमालेमा प्रवेश
नेपालको आर्थिक बृद्धि सन्तोषजनक नै रहेको छ- महाप्रसाद अधिकारी
एएफसी एसियन कप छनोटका लागि राष्ट्रिय फुटबल टिम शुक्रबारबाट प्रशिक्षण सुरु
अविरल वर्षापछि आएकाे लेदाेले अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुल्ला
पर्यटकीय गन्तव्य बनाउन हिले–जलजले वनमा ताल निर्माण