सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको बिकासका लागि सबै गम्भीर भएर लाग्नुपर्ने बताएका छन् ।
नेपाल व्यवस्थापन संघको आयोजनामा शुक्रबारबाट सुरु सीइओ सम्मेलन २०२२ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मुलुकलाई आत्मनिर्भर बनाउदै मुलुकको बिकासका लािग सबै गम्भीर भएर लाग्नुपर्ने बताएका हुन् ।
उनले आयातभन्दा पनि उत्पादन बृद्धि गरेर उचित बितरणमा लाग्नुपर्ने धारणा राखेका छन् । मन्त्री कार्कीले एसियामा नै मुलुकलाई समृद्ध मुलुकको सूचीमा पुराउने जनताको चाहनलाई पुरा गर्न सवै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।
बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशिलता र प्रविधि क्षेत्रलाई समेटेर सम्मेलनको आयोजना गरिएको संघले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
भक्तपुर मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार न...
तपाईंलाई डिभी पर्याे ? कसरी हेर्ने नतिजा ?
पोखरामा रगतकाे अभाव
प्रतिबन्धित लागुऔषधसहित झापाबाट ३ जना नियन्त्रणमा
झापामा कालाजारका दुई सङ्क्रमित भेटिए
क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको प्रमाणित भए आफैँ जेल जान तयार छु : प्रधानमन्त्र...