काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ। क्यान्सरबाट पीडित महर्जनको बुधबार कीर्तिपुर-१ बाघ भैरवस्थित आफ्नै निवासमा निधन भएको हो ।
महर्जनलाई अस्पतालबाट बुधबार घर ल्याइएको थियो। कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गरे। ६० वर्षीय महर्जन २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कीर्तिपुर नगरपालिका वडा नं. १ को अध्यक्षमा निर्वाचित भएका थिए ।
वडाध्यक्ष महर्जनको निधनपछि कीर्तिपुरका २ वटा वडा अध्यक्ष विहीन भएका छन्। मोटरसाइकल दुर्घटनामा परी कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामराजा अधिकारीको वैशाख १० गते निधन भएको भएको थियो ।
सम्बन्धित समाचारहरु:
देउवाद्वारा १० केन्द्रीय सदस्य मनोनीत
बिभिन्न जिल्लामा आफ्नो पार्टीलाई अपमानपूर्ण ढंगले व्यवहार भइरहेको छ -अध्यक्ष माध...
तीनवटा प्रदेशका नयाँ प्रदेश प्रमुखको शपथ आज
सामाजिक विकासका २३ योजना सम्झौता हुन सकेन
आज पनि प्रतिनिधि सभा बैठक बस्ने ,के छ कार्यसूचीमा ?
फागुन ३० गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिने