नयाँ सरकार गठनका लागि मार्गप्रस्तस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई एमाले संसदीय दलको अनुरोध

सारांश :

काठमाडौँ । नेकपा एमाले संसदीय दलले नयाँ सरकार गठनका लागि मार्गप्रस्तस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले वर्तमान सरकार अल्पमतमा परिसकेको भन्दै मार्गप्रसस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले सदनमा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको बिपक्षमा मत दिने निर्णय पनि गरेको छ । बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले राजीनामा गरेर राष्ट्रिय सरकार निर्माणमा मार्ग प्रशस्त गर्न आग्रह गरेको जानकारी दिए । अहिले सरकारले विभिन्न निर्णय गरिरहेको भन्दै अल्पमतमा परेको सरकारले दिर्घकालीन असर पुग्ने निर्णय गर्ने हैसियत नराख्ने उनले बताए ।

बैठकले संविधानको धारा ७६ (२) बमोजिम नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिको अनुमोदन गरेको उनले बताए ।

बर्तौलाले कांग्रेस र एमाले मिलेर संविधानको धारा ७६ (२) बमोजिम राष्ट्रिय सरकार बन्ने भन्दै संविधानलाई भ्रमणपूर्ण ढंगबाट व्याख्या गर्न खोजिएको जिकिर गरे ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!