कांग्रेसले राजनीतिक अस्थीरता निम्ताउन खोजेको रास्वपाको निष्कर्ष

सारांश :

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेसले राजनीतिक अस्थीरता निम्ताउन खोजेको निष्कर्ष निकालेको छ । सिंहदरबारमा मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले अरु कसैको इशारामा संसदलाई सहज ढंगले चल्न नदिएर कांग्रेसले मुलुकमा अस्थीरता निम्ताउन खोजेको निष्कर्ष निकालेको हो ।

बैठकपछि सहप्रवक्ता मनीष झाले बिभिन्न मुद्धा लागेका कांग्रेसका सांसदलाई चोख्याएर सदन छिराउने प्रयास गर्ने तर उजुरी नै नपरेको व्यक्तिलाई लखेटिरहने कांग्रेसको कदमले मुलुकलाई अस्थीरतातर्फ ढकेल्ने बताए । उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नहुनेमा पार्टी प्रष्ट रहेपनि यस बिषयमा सत्तापक्षले गर्ने सर्वदलीय निष्कर्षलाई भने स्वीकार गर्न सकिने धारणा राखे । बैठकमा संसदको आगामी अधिवेशनको तयारी र बजेटका बिषयमा छलफल भएको उनले जानकारी दिए।

बैठकमा पार्टी सभापति रवि लामिछानले पछिल्लो राजनीतिक अवस्थाकाबारे जानकारी गराउदै कांग्रेसले गठबन्धनमा संकट ल्याउने प्रयास गरेको बताएका थिए। उनले देश र जनतालाई केन्द्रमा रहेर पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुले त्यही अनुसारको नीति, कार्यक्रम र बजेटमा ध्यान केन्द्रीत गर्न निर्देशन दिएका थिए।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!