काठमाडौं । सानदार जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति भएको च्याम्पियन्स लिगको दोस्रो लेगमा सिटीले एफसी कोपनहेगनलाई ३–१ गोल अन्तरले पराजित गर्यो ।
यसअघि भएको पहिलो लेगमा सिटीले कोपनहेगनलाई ३–१ गोल अन्तरलेले हराएको थियो। समग्रमा ६–२ गोलको नतिजा निकाल्दै डिफेन्डिङ च्याम्पियन सिटी क्वाटरफाइनल प्रवेश गरेको हो ।
बुधबार राति भएको खेलमा अकान्जी, अल्भारेज र हालाण्डले १–१ गोल गरे। खेलको पाँचौं मिनेटमा अल्भारेजको पासमा अकान्जीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यसपछि नौं मिनेटमा अल्भारेजले ने गोल गरेपछि सिटीले अग्रता दोब्बर बनाएको थियो ।
२९ औं मिनेटमा कोपनहेगनले १ गोल फर्कायो। पहिलो हाफको अतिरिक्त समयमा रोड्रिको पासमा हालाण्डले गोल गरेपछि सिटीले ३–१ को जित निकालेको थियो ।
सम्बन्धित समाचारहरु:
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
बिभिन्न जिल्लामा आफ्नो पार्टीलाई अपमानपूर्ण ढंगले व्यवहार भइरहेको छ -अध्यक्ष माध...
राष्ट्रपतिको भ्रमणबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि अभिवृद्धि भएको छ : प्रधा...
गठबन्धन टुटाउने षड्यन्त्रलाई असफल पार्नुपर्छ -प्रधानमन्त्री शेर बहादुर देउवा
चतरामा आजदेखि महाकुम्भ मेला
कांग्रेसको घोषणापत्रमा आफ्नो आलोचना देखेर एमाले अध्यक्ष केपी ओली आक्रोशित - महा...