काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।
सो अवसरमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने, भारतको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको प्रवक्ता राईले बताए । भेटमा राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए ।
सम्बन्धित समाचारहरु:
स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढ्योः योगेश भट्टराई
सरकारभन्दा पार्टी र विचारको विकासमा लाग्छौँ : अध्यक्ष दाहाल
देशको राजनीतिक स्थिरताका लागि सवै दलको सहमतिमा संविधान संशोधन गरिनेछः प्रधानमन्...
काठमाडौंका अव्यवस्थित तारको व्यवस्थापन आजदेखि
कीर्तिपुर-१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन
बागमतीका मुख्यमन्त्री लामालाई विश्वासको मत प्राप्त