काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।
सो अवसरमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने, भारतको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको प्रवक्ता राईले बताए । भेटमा राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए ।
सम्बन्धित समाचारहरु:
जापानका परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै
उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट
निर्वाचनको लागि सरकार गम्भीर हुनुपर्छ -सभामुख अग्नी सापकोटा
पार्टी विभाजनसम्बन्धी हल्ला भ्रामक : नेकपा एस
एउटै दलबाट प्रमुख र उपप्रमुखमा पुरुषको उम्मेदवारी परेका दुवै उम्मेदवारी बदर
हुरीबतासको क्षति : बीस ट्रान्सफर्मरबाट विद्युत् सञ्चालन हुन बाँकी