काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।
सो अवसरमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने, भारतको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको प्रवक्ता राईले बताए । भेटमा राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए ।
सम्बन्धित समाचारहरु:
प्रधानमन्त्रीले एकपक्षीय ढङ्गले गठबन्धन तोडेको कांग्रेसको आरोप
दशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिदै
सङ्घीय संसद्का संयुक्त र विषयगत समितिमा सांसदहरू हेरफेर
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
सर्वसाधारणलाई सरकारी कार्यालयमा पार्किङका लागि सधैँ निषेध
माधव नेपालले भने : सत्तासमीकरणमा सम्मानजनक व्यवहार हुनुपर्छ