काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने निर्णय गर्दै मन्त्रीको नाम टुङ्गो लगाएको छ ।
आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार बैठकले उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा अध्यक्ष उपेन्द्र यादवलाई पठाउने निर्णय गरेको छ । यसैगरी वन तथा वातावरणमन्त्री र स्वास्थ्य राज्यमन्त्री टुङ्गो लगाउने जिम्मा बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिएको बस्नेतले बताए ।
सम्बन्धित समाचारहरु:
सबै तहका सरकारलाई विवेकपूर्ण राजस्व परिचालन गर्न प्रधानमन्त्रीको निर्देशन
बागमती प्रदेशमा बहादुर सिंह लामाले आजै मुख्यमन्त्रीको लागि दाबी प्रस्तुत गर्ने
विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै
नेपाली कांग्रेसले तोक्यो उपनिर्वाचन संयोजक
संविधान अनुसारको दायित्व पुरा गर्न सहज वातावरण बन्न सकेन -सभामुख अग्नी सापकोटा
महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको निर्णय शनिबार ह...