काठमाडौँ । नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई तोकिने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले मन्त्री शर्मालाई सो जिम्मेवारी प्रदान गरेको हो ।
यस्तै, बैठकले संयुक्त राष्ट्रसङ्घको ‘कमिसन अन दि स्टाटस अफ वुमन को ६८ औँ सत्र’ मा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति प्रदान गरेको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुलाई बधाई दिदै सफल कार्यकालका शुभकामना दिएको थिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री शर्माले आजभोलि नै सरकारले पूर्णता पाउने बताइन् । उनले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी दिइन् ।
सम्बन्धित समाचारहरु:
वेस्ट बैंकमा इजरायली आक्रमणको क्रममा अल-जजिरा रिपोर्टरको मिर्त्यु
गायक तथा मोडल मनिस श्रेष्ठको ‘छड़के तरवार’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
आज लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै
राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने
महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री
निर्वाचनमा १ लाख ९ हजार ८८ जना कर्मचारी खटाइने