निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७१ जना नयाँ निर्वाचन अधिकृतमा नियुक्त

शाराम्स

निर्वाचन आयोग नेपाल

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७१ जना नयाँ निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यसअघि नियुक्त भएका ७१ निर्वाचन अधिकृतलाई बिभिन्न कारणले हटाइएको र नयाँ निर्वाचन अधिकृत नियुक्त गरिएको जानकारी गराए ।

उनले निर्वाचन अधिकृतका लागि प्रशिक्षण प्रदान गर्नेहरुलाई प्रशिक्षण दिइएको जानकारी गराए । त्यस्तै आयोगले आचारसंहितका कार्यान्वयनका लािग बिभिन्न दलबाट प्रतिवद्धता लिइएको बताएका छन् ।

उनले एमालेले आचारसंहिताका केही विषयमा अस्पष्टता जाहेर गर्दै पत्र बुझाएको धारणा राखे । अर्यालले मतपत्र छपाईको कार्य सुरु भइसकेको र दुर्गम स्थानमा ढुवानी गर्नका लागि सो क्षेत्रको मतपत्र छपाइलाई प्राथमिकतामा राखिएको जानकारी दिएका छन् ।

उनले निर्वाचनका लागि आवश्यक सामाग्रीहरु आउनेक्रम जारी रहेको बताएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
>
Share This

Share This

Share this post with your friends!