कानूनमन्त्री

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न आफ्नो ध्यान केन्द्रीत गर्ने बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै बिभिन्न कारणले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुन नसकेको भन्दै आफ्नो ध्यान यसैमा केन्द्रीत गर्ने बताएका हुन् ।
प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बिषयलाई निष्कर्षमा पुराउन दिएको जिम्मेवारी पुरा गर्ने उहाको भनाई छ । उनले सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई क्रियाशिल बनाउनका लािग आवश्यक कानून बनाइने जानकारी गराए ।
प्रधानमन्त्री देउवाको सिफारिसमा कोइराला कानून मन्त्रीमा नियुक्त भएका हुन् ।
सम्बन्धित समाचारहरु:
सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड, के छ धरहराको इतिहास ?
परराष्ट्रमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेट, के विषयमा भयो छलफल ?
बागमतीमा सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको ऐन वैशाख २४ देखि लागू हुने
नेकपा एमाले भोजपुरको ९औं जिल्ला अधिवेशनको मिति सर्यो
प्रतिनिधिसभा : बाढीपहिरो र सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसदहरु...
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुवै टिमले छैटौं आर.बि.बि. ह...