
नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ८ सय १९ पिसिआर परिक्षणका क्रममा ७ जनामा कोरोना पुष्टि भएको र १ हजार ८ सय ४९ एन्टीजेन परिक्षण गर्दा कसैको पनि कोरोना रिपोर्ट पोजेटिभ नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप २५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ८ सय ४७ जना निको भएका छन् । हाल नेपालमा ७ सय ४७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
२९ तोला सुनसहित दुई जना पक्राउ
कतारलाई उपहार दिन लागिएका हात्ती कस्ता ? सञ्जालमा भाइरल भएको भिडियोको वास्तविकता...
आगामी निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्छ - उपमहासचिव जगन्नाथ खतिवड...
चिकित्सा शिक्षा पढ्न सघाउँदै कर्णाली प्रदेश सरकार
एनसिबी र राहदानी विभागबीच समझदारी
संकटको भूमरीमा नेपाली फुटबल