
नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ८ सय १९ पिसिआर परिक्षणका क्रममा ७ जनामा कोरोना पुष्टि भएको र १ हजार ८ सय ४९ एन्टीजेन परिक्षण गर्दा कसैको पनि कोरोना रिपोर्ट पोजेटिभ नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप २५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ८ सय ४७ जना निको भएका छन् । हाल नेपालमा ७ सय ४७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी छ : उपप्रधानमन्त्री सिंह
रश्मिला प्रजापति प्रकरणका मेरो कुनै दोष छैन - केशव स्थापित
उम्मेद्वार केशव स्थापीत विवादमा तानिए
डाटा मेटिएपछि लोक सेवा आयोगबाट पुनः दरखास्त आह्वान, शुल्क तिर्न नपर्ने
नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण
आजकाे माैसम : देशका धेरै ठाउँमा आज पनि मेघगर्जनसहित वर्षा हुने