
नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ८ सय १९ पिसिआर परिक्षणका क्रममा ७ जनामा कोरोना पुष्टि भएको र १ हजार ८ सय ४९ एन्टीजेन परिक्षण गर्दा कसैको पनि कोरोना रिपोर्ट पोजेटिभ नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप २५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ८ सय ४७ जना निको भएका छन् । हाल नेपालमा ७ सय ४७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
'हेर्न नमिल्नेमा' गृहमन्त्री लामिछानेविरुद्धको मुद्धा
चिकित्सा शिक्षा पढ्न सघाउँदै कर्णाली प्रदेश सरकार
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै
कागजको कपमा चिया पिउँदा शरीरमा हुने नोक्सानहरु के–के हुन् ?
लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्नेमा महानिरीक्षक कुँवरकाे ज...
विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ बनाउन सघाउने