युक्रेनले मस्कोमा आक्रमण गर्न अमेरिकी हतियार प्रयोग नगर्ने बाइडेनको वाचा

सारांश :

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले मस्कोमा आक्रमण गर्न अमेरिकी हतियारको प्रयोग नगरिने बताएका छन् । उनले पश्चिमी मुलुकहरूद्वारा आपूर्ति गरिएका हतियारहरूद्वारा रुसभित्रका लक्ष्यहरूमा आक्रमण गर्न युक्रेनलाई अधिकार दिइएको बताए ।

उत्तरपूर्वी युक्रेनमा रुसी आक्रमणको जवाफमा अमेरिका र अन्य केही मुलुकले किएभलाई रुसी क्षेत्रभित्र आक्रमण गर्नका लागि पश्चिमी मुलुकहरूले प्रदान गरेको हतियारहरूको प्रयोग गर्न अनुमति दिएका छन् ।

“उनीहरू युक्रेनमा विशिष्ट लक्ष्यहरूमा आक्रमण गर्न प्रयोग भइरहेकाले युक्रेनीहरूलाई सीमा छेउमा प्रयोग गर्न अनुमति दिइएको छ”, उनले भने, “हामीले रुसमा दुई सय माइलसम्म आक्रमणका लागि अधिकार दिइरहेका छैनौँ र मस्को, क्रेमलिनमा आक्रमणका लागि अधिकार दिइरहेका छैनौँ ।”

वासिङ्टनले रुससँग सीमा जोडिएको पूर्वी खार्किभ क्षेत्रको रक्षा गर्न युक्रेनलाई सक्षम बनाउनका लागि आफ्नो प्रतिबन्ध आंशिकरूपमा हटाएको अमेरिकी अधिकारीहरूले गत साता बताएका थिए ।

युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभमा रुसको दैनिक आक्रमणलाई अधिकारीहरूले अमेरिकी अडानमा परिवर्तनको श्रेय दिएका थिए । जर्मनीले युक्रेनलाई रुसका लक्ष्यहरूमा जर्मन–प्रदत्त हतियारहरू प्रहार गर्न अनुमति दिएको बताएको छ ।

“अमेरिकाले आपूर्ति गरेको हतियारहरू सीमापारबाट आक्रमण गर्नका लागि थिए जहाँ रुसीहरूले युक्रेनमा गएर युक्रेनीहरूलाई मार्नका लागि प्रयोग गर्ने परम्परागत हतियारबाट महत्त्वपूर्ण आक्रमण भइरहेको छ”, बाइडेनले भने ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!