भन्सार छलि र चारी गरि नेपाल भित्राएर वुलेट मोटरसाईकल बरामद

शाराम्स

प्रहरीले भन्सार छलि चारी पैठारी गरि नेपाल भित्राएर नक्कली नम्वर प्लेट राखिएका ७ वटा वुलेट मोटरसाईकल बरामद गरेको छ ।

भारतीय नाकाबाट बिभिन्न मोटरसाईकल भन्सार छलि र चारी पैठारी गरि नेपाल भित्राई नक्कली नम्वर प्लेट राखि कारोवार गर्ने गरेको सूचनाको आधारमा अनुसन्धान गर्दा उपत्यकाका बिभिन्न स्थानबाट ७ वटा बुलेट मोटरसाईकल बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए । सस्तोमा मोटरसाईकल बिक्रि गर्ने भन्दै केहि व्यक्तिले ग्यारेजमा मोटरसाईकल छाडेर गएको पाइएकाले ती व्यक्तिहरुको खोजी कार्य सुरु गरिएको कोईरालाले बताए । नेपालमा बिक्रिबितरण नै नभएका करिव पाँच लाख पर्ने वुलेटका नयाँ मोडलहरु नै नेपालको नम्वर प्लेटमा दुई लाख सम्ममा बिक्रि गर्न खोजिएको उनले जानकारी दिए ।

बरामद भएका करिव २१ लाख मुल्य बराबरको रोयल इन्फिल्ड कम्पनीका बुटेल मोटरसाईकललाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गौचरणमा पठाइएको महाशाखाले जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!