काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको बताएका छन् । रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले अहिले नेपालको आर्थिक अवस्थामा केही समस्या आएको र यस्तो बेला सरकारले पुँजीगत खर्च गर्न नसकेको बताएका हुन् ।
अनपयुक्त रुपमा नेपालमा बजेट धेरै ठूलो घोषणा गर्ने काम भएको भन्दै उनले आपत्ती जनाएका थिए । वर्तमान आर्थिक वर्षमा १६ खर्बको बजेट रहेको र गएको ७ महिनाको रिपोर्ट हेर्दा जम्मा ५ खर्बमात्रै खर्च भएको तथ्यांक रहेको उनले बताएका छन् । महतले विदेशी मुद्राको सञ्चिती र रेमिट्यान्स पनि कम भएको र विकास आयोजनाहरुको सही तवरले कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए । आर्थिक विकासको लागि आर्थिक वृद्धिद्धर बढाउनुपर्ने उनले बताएका छन् ।
उनले नेपालको तुलनात्मक फाईदालाई उपयोग गर्नसक्ने कुरा धेरै रहेको स्मरण गराएका छन् ।