भुसालसहित बालुवाटार पुगे माधवकुमार नेपाल

सारांश :

काठमाडौँ । सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बालुवाटार गएका छन् ।

सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मेवारी दिएको थियो । अध्यक्षसहित नेताहरू प्रधानमन्त्री दाहालसँग वार्ता गर्न बालुवाटार पठाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । प्रधानमन्त्रीसँग स्पष्ट जिम्मेवारीसहितका विषयमा छलफल गरेपछि आउने परिणामका आधारमा निर्णय गर्ने खतिवडाको तर्क छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!