नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिकासको काम अघि बढाउदा वातावरणीय प्रश्नलाई केन्द्रभागमा राख्नुपर्ने बताएका छन् ।
विश्व वातावरण दिवसका अवसरमा अखिल नेपाल महिला संघले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले बिकासले मात्रै दिगो बिकास हुन नसक्ने भन्दै यसका लागि वातावरणीय प्रश्नलाई केन्द्रभागमा राख्नुपर्ने बताएका हुन् । उनले अहिले नेपालका हिमालहरु पग्लदै जाने खतरा रहेको भन्दै जलवायु परिवर्तनमा बिषयमा संसारको ध्यानाकर्षण गराउनुपर्ने जिकिर गरेका छन् । उनले जलवायु परिवर्तनमा बिश्वकै ध्यानाकर्षण गराउनका लागि यसअघि सगरमाथा संवाद कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रमपछि ओलीले एमाले मुख्यालय रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बृक्षारोपण गरेका थिए ।