गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

सारांश :

काठमाडौँ । विवादका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेको घोषणा गरिएको छ ।

आइतबार प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्तावमाथि भएको मतविभाजनका क्रममा अधिकारीले ३० मत पाएका थिए । सभामुख कृष्ण धितालले आफुसहित प्रदेशसभामा ६० सदस्य रहेको र आवश्यक परेको खण्डमा आफुले पनि मत दिन पाउने अधिकार आफुसंग सुरक्षित रहेको जानकारी गराउदै अधिकारीलाई परेको ३० मत प्रदेशसभाको बहुमत भएको भन्दै विश्वासको मत पारित भएको घोषणा गरेका थिए । त्यस्तै उहाले विश्वासको मत पाएको घोषणा गर्दा सर्वोच्चको आदेश समेत सुनाएका थिए । विश्वासको मतको पक्षमा ३० र विपक्षमा २७ मत तथा २ मत तटस्थ परेको थियो । त्यसपछि कांग्रेसले कालो झण्डा देखाउदै नारावाजी गरेको छ ।

मुख्यमन्त्री अधिकारीलाई एमालेको २२, माओवादीको ७ र स्वतन्त्र सांसदको १ मत परेको थियो भने विपक्षमा कांग्रेसको २७ मत परेको थियो । त्यस्तै राप्रपा तटस्थ बसेको थियो । मतदानमा ५९ सांसद सहभागी थिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!