जसपा विभाजनः माधव नेपालले बोलाए संसदीय दलको बैठक

सारांश :

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएको छ ।

पार्टी विधि विधान अनुसार चल्न नसकेको भन्दै जसपाका केहि सांसदहरुले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् । उनीहरुले नयाँ पार्टीको नाम पुरानो दलबाट नेपाल शव्द हटाएर जनता समाजवादी पार्टी राखेका छन् । नयाँ पार्टीको केन्द्रीय समिति अध्यक्षमा अशोक राई रहेका छन् भने संघीय परिषद् अध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् । नयाँ दलमा राईसहित रेनु यादव, प्रदीप यादव, नवलकिशोर साह सुढी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र शुसिला श्रेष्ठलगायत छन् । जसपाका राजेन्द्र प्रसाद श्रेष्ठले आफुहरुको बहुमत सांसदको साथ रहेको र वर्तमान सरकारको निरन्तरताको पक्षमा रहेको बताए । अध्यक्ष यादवले पार्टी विधिसम्मत नभएकाले आफुहरुले छुट्टै पार्टी दर्ता गरेको बताए ।

त्यस्तै अशोक राईले आफुहरु अस्थीरताको पक्षमा नरहेको र सरकारलाई दिएको समर्थन निरन्तर रहने बताउनुभयो । उहाले अहिले आफुहरुले पार्टी विभाजन नै गरेको जिकिर गरे ।

विधानमा भएका व्यवस्थालाई कुल्चेर नेतृत्व अघि बढेकाले आफुहरु चूप लागेर नवस्ने निर्णय गरिएको राइले बताए ।

त्यस्तै यता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको संसदीय दलको बैठक बोलाएका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन भएपछि उत्पन्न नयाँ राजनीतिक घटना क्रमकाबीच नेता नेपालले संसदीय दलको बैठक बोलाएका हुन् ।

बैठक सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेगरी बोलाइएको एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले जानकारी दिए। अहिलेसम्म बैठकका एजेन्डा भने खुलाइएको छैन ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!