अर्थतन्त्रबारे धेरै चिन्ता र मनोवैज्ञानिक दबाव बढ्दा त्यसले सिर्जना गर्ने नकारात्मक असरहरूबारे आफूहरूले विश्लेषण गरिरहेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्।तर सरकारकै आर्थिक सूचकहरू केही महिनायता सुखद देखिँदैनन्।सरकारी ढुकुटीमा अहिले झन्डै साढे छ महिनाको वस्तु तथा आयात धान्न पुग्ने विदेशी मुद्रा रहेको बताइन्छ।जबकि मौद्रिक नीतिले कम्तीमा सात महिनाको आयात धान्न सक्ने अवस्थालाई सहज मान्न गर्छ।
सरकारले ‘श्वेतपत्र जारी गर्ने बेलामा’ यसै वर्षको जेठ महिनाको सञ्चितले १० महिनाको वस्तु तथा आयात धान्न पुग्ने जनाएको थियो।तर संयम नअपनाइए ‘किनबेच गर्नेको सञ्चय प्रवृत्ति बढ्न सक्ने, कालोबजारी हुने अवस्था आउन सक्ने’ जोखिम रहेको प्रवक्ता निरौला बताउँछन्।
यसै साता नेपाल राष्ट्र ब्याङ्कले सुन तथा विलासिताका वस्तुहरू खरिद गर्नका लागि प्रतीतपत्र अर्थात् एलसी जारी नगर्न ब्याङ्कहरूलाई मौखिक आग्रह गरेका विवरण सार्वजनिक भएका छन्।अन्य आयातहरूमा सीमा तोक्नेदेखि केही समय रोक लगाउनेबारे समेत छलफलहरू थालिएको बताइए पनि त्यसबारे ठोस निर्णय गरिएका छैनन्।
source -BBC NEWS नेपाली