फर्किए टंकलाल घिसिङ : राष्ट्रिय खेलकुद परिषद्

सारांश :

काठमाडौँ -राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ बुधबारबाट राष्ट्रिय खेलकुद परिषद् फर्किएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्स सदस्यसचिवको विवाद समाप्त भएसँगै बुधबार (राखेप)मा फर्किएका घिसिङले आफ्नो कामकाज सुरु गरेका छन् । सर्वोच्च अदालतले मंगलबार तत्कालिन राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले आफुलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति दायर गरेको रिट निवदेन खारेज गरेपछि सदस्यसचिवको विवाद समाप्त भएको हो ।

खेलकुद परिषद् फर्केपछि घिसिङले चालु आर्थिक वर्ष भित्र नै राष्ट्रिय खेलकुद आयोजनाको निम्ति प्रयास गर्ने बताएका छन् । उनले ले राष्ट्रिय खेलकुदका लागि बैशाख ३० गतेसम्मको समयलाई दूरदर्शी योजना तयार गर्न उपयोग गर्ने जिकिर गरेका छन् । त्यस्तै उनले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको सहभागीतालाई बढाउनका लागि आवश्यक ट्रेनिङको व्यवस्था हुनुपर्ने जनाएका छन् । उहाले समग्र खेलकुदको विकासका लागि सातै प्रदेशसंग छलफल गर्ने जानकारी दिएका छन् ।

युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले खेलकुद विकास ऐन, २०७७ अनुसार सदस्यसचिवको बर्खास्ती र नियुक्ति गरेका थिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1

Author

>
Share This

Share This

Share this post with your friends!