४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्दै भारत

सारांश :

सोलुखम्बु -सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन परियोजनाका लागि भारतले ४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि मंगलबार काठमाडौंस्थित भारतीय दूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र खुम्बु पासाङल्हामु गाउँपालिकाबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस परियोजनाको निर्माणले सोलुखुम्बुको खुम्जुङ्ग गाउँमा बसोबास गर्ने मानिसहरुको स्वास्थ्य र गुणस्तरीय जीवनमा सुधार ल्याउनुका साथै जनस्वास्थ्यका हिसाबले अत्यन्तै आवश्यक परेकाले सुरक्षित पानी तथा सरसफाईको व्यवस्था गर्ने काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव करुण बंशलले बताएका छन् ।

सन् २००३ यता भारतले नेपाला ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ। तीमध्ये ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!