रुपन्देहीको रोहिणी पुलमा भएको यात्रुबाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।
जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नबरंको बस बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । दुर्घटनामा रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल १३, कालिकानगरका कृष्णप्रसाद बस्याल, तिलोत्तमा वडा नम्बर ८ चार नम्बरकी ३७ बर्षिय तुलसी बस्याल, रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको छ भने अन्यको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए । दुर्घटनामा घाइतेको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
सम्बन्धित समाचारहरु:
कस्तो रहनेछ आजको मौसम ?
उच्च शिक्षालाई गुणस्तरीय बनाउनु पर्छ -राष्ट्रपति विद्यादेवी भण्डारी
कांग्रेसको घोषणापत्रमा आफ्नो आलोचना देखेर एमाले अध्यक्ष केपी ओली आक्रोशित - महा...
बाजुरामा मध्यराति २ पटक भूकम्प
राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने
नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण