रुपन्देहीको रोहिणी पुलमा भएको यात्रुबाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।
जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नबरंको बस बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । दुर्घटनामा रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल १३, कालिकानगरका कृष्णप्रसाद बस्याल, तिलोत्तमा वडा नम्बर ८ चार नम्बरकी ३७ बर्षिय तुलसी बस्याल, रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको छ भने अन्यको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए । दुर्घटनामा घाइतेको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
सम्बन्धित समाचारहरु:
राष्ट्रिय सभाकाे बैठक पनि आज बस्दै
आगामी २-३ हप्तामा रूसी र युक्रेनको लडाइँ तीव्र हुने
नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो
जगन्नाथ पौडेलको प्रचण्डलाई प्रश्न: छोरीले नजिते देश दुर्घटनामा जान्छ भन्या के हो...
नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
सत्तारुढ गठबन्धनले स्थानीय तहको उमेदवार सिफारिस गर्न मापदण्ड बनायो