रुपन्देहीको रोहिणी पुलमा भएको यात्रुबाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।
जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नबरंको बस बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको हो । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । दुर्घटनामा रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल १३, कालिकानगरका कृष्णप्रसाद बस्याल, तिलोत्तमा वडा नम्बर ८ चार नम्बरकी ३७ बर्षिय तुलसी बस्याल, रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको छ भने अन्यको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए । दुर्घटनामा घाइतेको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
सम्बन्धित समाचारहरु:
महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही नहुने झाको दाबी
तपाईंलाई डिभी पर्याे ? कसरी हेर्ने नतिजा ?
क्यानमाथि आर्थिक अनियमता गरेको आरोप लगाउदै छानविन समिति बनाउन भीम आचार्यको माग
कागजको कपमा चिया पिउँदा शरीरमा हुने नोक्सानहरु के–के हुन् ?
भारतीय विदेशसचिव मिस्री काठमाडौँ आइपुगे
जगन्नाथ पौडेलको प्रचण्डलाई प्रश्न: छोरीले नजिते देश दुर्घटनामा जान्छ भन्या के हो...