कर्णाली सरकारमा दैलेखबाटै तीन मन्त्री, को–को हुन् ?
काठमाडौँ । दैलेखबाट कर्णाली सरकारमा तीन मन्त्री बनेका छन् । प्रतिनिधि सभातफै दैलेख क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभाका दुवै क्षेत्रबाट प्रत्यक्ष चुनाव जितेका सांसद मन्त्री बनेका छन् भने एक जना समानुपातिकतर्फका सांसदले मन्त्री बन्ने चान्स पाएका हुन् ।
मन्त्री बन्नेमा दैलेख क्षेत्र नम्बर २ (१) का सांसद घनश्याम भण्डारी, २ (२) का विनोदकुमार शाह र २ (२) बाटै गमता विक मन्त्री बनेका छन् । भण्डारी र शाह प्रत्यक्षतर्फबाट निर्वाचित सांसद हुन् भने विक समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।
यी तीनै जना यामलाल कँडेल नेतृत्वको सरकारमा छन् । जसमा भण्डारीले आइतबारमात्रै सामाजिक विकास मन्त्रालयको नेतृत्व सम्हालेका छन् भने शाह गत जेठ २ गते नै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका हुन् । यस्तै विक भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्री हुन् । उनले वैशाख १८ गते राज्यमन्त्रीको शपथ लिएकी थिइन् । भण्डारी नेपाली कांग्रेसबाट निर्वाचित हुन् भने शाह र विक एमालेबाट प्रतिनिधित्व गर्दछन् ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts