काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालजस्तो विकासोन्मुख देशमा जनताको राम्रो स्वास्थ्यमा पहुँच नहुनु समस्याको विषय भएको बताएका छन् ।
शनिबार काठमाडौँमा नेपाल डायबिटिज संस्थाले आयोजना गरेको डायइबिटिज नेपाल अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले समयमा नै र रोगको परीक्षण हुन नसक्नु र जनताको राम्रो स्वास्थ्यमा पहुँच नहुनु समस्याको बिषय भएको बताएका हुन् । उनले मुटु रोग, क्यान्सर, उच्च रक्तचापको लहरमै आउने मधुमेहबाट मृत्यु हुनेको सङ्ख्या उच्च रहेको भन्दै चिन्ता व्यक्त गरे ।
उपराष्ट्रपति यादवले डरलाग्दा तथ्याङ्कहरूले मानिस आफ्नै स्वास्थ्यप्रति गम्भीर नरहेको उल्लेख गर्दै सबैलाई आफ्नो शरीर र स्वास्थ्यप्रति सचेत, सावधान र गम्भीर बन्न आग्रह गरे । उनले सीमित स्रोत र साधनका कारण स्वास्थ्य परीक्षण, परामर्श र औषधि उपचारका लागि ‘डायबिटिज नेपाल’ जस्ता संस्थाहरू ग्रामीण भेगमा पुग्न जरुरी रहेको बताए । सरकारले चाहेर पनि कतिपय काम गर्न नसकिरहेको अवस्थामा यस्ता सङ्घसंस्थाले गर्ने शिविरहरू महत्वपूर्ण हुन सक्ने उनको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रतिवेदनअनुसार विश्वभर ४२ करोड २० लाख मानिसमा मधुमेह छ, जसमध्ये अधिकांश निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्दछन् ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts