निर्वाचनको सातै वटा प्रदेशको रिपोर्ट लिनका लागि सात जना नेताहरुलाई जिम्मा

सारांश :

नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनको सातै वटा प्रदेशको रिपोर्ट लिनका लागि सात जना नेताहरुलाई जिम्मा दिएको छ ।

शनिबार काठमाडौंमा बसेको समाजवादीको सचिवालयको २६ औं बैठकले तल्ला कमिटीबाट स्थानीय तहको निर्वाचनको रिपोर्ट लिनका लागि सातै प्रदेशमा केन्द्रीय नेताहरुलाई जिम्मा दिने निर्णय गरेको हो ।

समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधरले प्रदेश १ मा जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, वागमतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा डा. विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा महासचिव बेदुराम भुसाललाई रिपोर्ट लिनका जिम्मा दिइएको र ५ दिनभित्र रिपोर्ट पेश गर्न भनिएको जानकारी दिनुभयो । रिपोर्ट आइसकेपछि एकीकृत रिपोर्ट तयारी गरि पार्टीको बिभिन्न तहमा छलफल गरिने उहाले बताउनुभयो । उहाले संगठनात्मक आधार हुँदाहुँदै पनि गठबन्धनलाई विश्वास गर्दा धोका भएको हो की भन्ने आशंका पैदा भएकाले निर्वाचनको समिक्षा गर्ने निर्णय भएको भन्दै समिक्षा पछि थप निष्कर्ष निकालिने बताउनुभयो ।

त्यस्तै बैठकपछि समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहमा गठबन्धनबीच भएको चूनावी तालमेलमा सन्तुष्ट हुने आधार नरहेको बताउनुभयो । उहाले पार्टीभित्र यसको थप समिक्षा हुने धारणा राख्नुभयो ।

बैठक आइतबार पनि जारी रहने र निर्वाचनको समिक्षा, गठबन्धनभित्र समाजवादी र अरु पार्टीको भूमिका तथा आगामी दिनको कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!