वीरगञ्ज- नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धनले चूनावी तालमेल गर्न खोजेको बताएका छन् ।
मंगलबार वीरगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धनले चूनावी तालमेल गर्न खोजेको बताएका हुन् ।
उनले एमालेमा प्रवेश गर्ने जनलहर देखेर गठबन्धन तर्सिएको टिप्पणी गरेका छन् । ओलीले गठबन्धन अपवित्र ढंगले जन्मिएको र जनताले बनाएको सरकारलाई अधेरो कुनामा बसेर ढालिएको उल्लेख गरे । अदालतबाट प्रधानमन्त्री बनाउने काम भएकोे भन्दै उनीले वर्तमान सरकार वैध र संवैधानिक सरकार नभएको बताएका छन् । उहाले सरकारकै कारण मुलुकको अर्थतन्त्र धरासयी भएको आरोप लगाए ।
ओलीले केही व्यक्तिलाई आफूलाई मधेसविरोधी रहेको भनेर केही स्वार्थी मान्छेहरूले हल्ला चलाएको पनि बताएका छन् ।
सम्बन्धित समाचारहरु:
पार्टीको निर्णय बिपरित कांग्रेसले चूनावी तालमेललाई अघि बढायो - नेता डा शेखर कोइर...
जोशी गणेशमान सिंहको सच्चा अनुयायी थिए : नेता सिंह
आज पनि राष्ट्रिय सभाको बैठक बस्दै
स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन आइतबारबाट सुरु
संकटको भूमरीमा नेपाली फुटबल
सांघाई तालाबन्दी: आईफोन निर्माताले चीनका साइटहरूमा अपरेशनहरू रोक्यो