घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै ?

सारांश :

काठमाडौं । यो हप्ताको शुरुदेखि नै निरन्तर बढेर रेकर्ड कायम गरेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार भने घटेको छ ।

सुन आज प्रतितोला १ हजार ३०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज १ लाख ३२ हजार ७०० मा कारोबार भइरहेको छ । बिहीबार भने सुन एक हजारले बढ्दै प्रतितोला १ लाख ३४ हजारमा कारोबार भएको थियो । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यस्तै तेजावी सुन १ लाख ३२ हजार ५० रुपैयाँ र प्रतितोला ३५ रुपैयाँले घट्दै १ हजार ६१५ मा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला रु एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको चाँदी आज ३५ रुपैयाँले घटेर एक हजार ६१५ रुपैयाँ कायम भएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!