काठमाडौँ -सत्तारुढ गठबन्धनले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।
प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको गठबन्धन बैठकले कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो ।
त्यस्तै बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसङ्ग एक वृहत् अन्तक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । त्यस्तै बैठकले प्रधानमन्त्री शेर बहादुर देउवाले भारत भ्रमणका बारेमा जानकारी गराउनुभएको र समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष निकालिएको मल्लले उल्लेख गरे ।
सम्बन्धित समाचारहरु:
भाइको सट्टामा परिक्षा दिने दाई प्रहरीको नियन्त्रणमा
उम्मेद्वार केशव स्थापीत विवादमा तानिए
डेढ केजी सुन र नगदसहित ७ जनालाई पक्राउ
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा बुधबारबाट सुरु
प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट
‘मिस नेपाल वर्ल्ड २०२४’को उपाधि जितिन् आश्माकुमारीले