खेतीपातीका बेला मलको अभाव

सारांश :

खेतीपातीका बेला मलको अभाव भएको भन्दै किसानहरुले बिरोध प्रदर्शन गरेका छन् ।

रासायनिक मलको व्यवस्था तुरुन्त गर्नुपर्ने भन्दै किसानहरुले कृषिमा प्रयोग हुने सामाग्री र धानको बिउसहित प्रदर्शन गरेका हुन् । रासायनिक मल तुरुनत उपलव्ध गराउन सरकारलाई दवाव दिन भन्दै नेपाल क्रान्तिकारी किसान संघको अगुवाइमा काठमाडौंमा शान्तिबाटीकामा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले किसानले मल कहिले पाउने, नेपालमै मल कारखाना स्थापना गर, रासायनिक मलको व्यवस्था गर, मूल्यबृद्धि फिर्ता गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरुले मलको अभावमा खेतीपातीमा समस्या भएकाले सरकारले तुरुन्त मलको व्यवस्था गर्नुपर्ने बताए । उनीहरुले असार आउन लाग्दा पनि सहज रुपमा मल पाउन नसकेको गुनासो गरेका छन् ।

त्यस्तै उनीहरुले बिउबिजनको व्यवस्था गर्न पनि सरकारसंग माग राखेका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!