निर्वाचन आयोगले प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरुबाट प्रतिबद्धता लिएको छ ।

सारांश :

काठमाडौँ -विवादकाबीच निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरुबाट प्रतिबद्धता लिएको छ ।

मंगलबार आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरुलाई बोलाएर आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रतिवद्धता लिएको हो । त्यसअघि निर्वाचनमा आचारसंहिताको छलफलमा भाग लिन नपाएको भन्दै साना दलहरुले नारावाजी गरेका थिए ।

आचारसंहितामाथि छलफल नै नगराइ प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेको भन्दै उनीहरुले आपत्ती जनाएका थिए । पछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उक्त बिषय नियमित प्रक्रियामात्र भएको बताएपछि साना दलहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

हस्ताक्षरपछि कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिबद्धता लिने पुरानै अभ्यास रहेको र आयोगले यसपटक पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता लिएको जानकारी दिए । साना दलहरुले अघि सारेको बिषयमा आयोगले प्रष्ट पारेको र अव कुनै विवाद नरहेको उनले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुषालले छलफल नै नगराई आचारसंहिता बनाइएको र हस्ताक्षर गर्नमात्र बोलाइएकोमा केहि दलले आपत्ती जनाएको जानकारी दिनुभयो । उनले आचारसंहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

त्यस्तै नेमकिपाका नेता प्रेम सुवालले आचारसंहिता पालना गर्ने गराउने बिषय राम्रो भएपनि सरकारमा रहेका दलहरुले आचारसंहिता पालना नगरेको बिषयमा आयोगको ध्यान जानुपर्ने बताए ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दलहको प्रतिबद्धता लिइएको बताउनुभयो । यस क्रममा केहि गलत बुझाइ रहेको र आयोगले स्पष्ट पारेपछि सवै दलले हस्ताक्षर गरेको उनले जानकारी दिए ।

आयोगले निर्वाचन आचारसंहितामा निर्माणका क्रममा प्रमुख दलसंग छलफल गरेको । स्थानीय तहको निर्वाचन आगामी बैंशाख ३० गते तोकिएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
86
+1
98
+1
54
+1
47

Author

>
Share This

Share This

Share this post with your friends!