हिमाली जिल्ला मनाङमा अहिले यार्सागुम्बा संकलन गर्ने चटारो छ । ये मौसमलाई औषधीजन्य जडीबुटी संकलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समय मानिन्छ । औषधीजन्य जडिबुटी संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा संकलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको छ। बैठकको निर्णय बमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो छ । त्यस्तै यार्सा संकलनसँगै स्थानीय तह निर्वाचनको तयारीमा समेत उनीहरूले जुट्नुपर्ने भएको छ ।
सम्बन्धित समाचारहरु:
अध्यक्ष नेपालले भने : संविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ
निर्वाचनका लागि हालसम्म १ करोड १९ लाख मतपत्र छापियो
आजकाे माैसमः तीन वटा प्रदेशमा वर्षाको सम्भावना
माओवादीले गण्डकी सरकारलाई दिएको समर्थन लियो फिर्ता
काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा
एमालेको आदेश पालना गर्दै टोपबहादुर प्रहरीसामु पुग्नुभयोः महेश बस्नेत