बुधबार थप १९ जनामा कोरोना सक्रमण

सारांश :

coronavirus, virus, spread-4952102.jpg

नेपालमा बुधबार थप १९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ३ सय ७३ पिसिआर परिक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार ४ सय ४८ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ । त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय १५ जना निको भएका छन् । हाल नेपालमा २ सय १७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मनत्रालयले जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!