काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले बजार अनुशासन बनाउनका लागि व्यवसायीहरु नै गम्भीर हनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा सञ्चार केन्द्र नेपालले आयोजना गरको निर्वाचनको समयमा बढ्दो मूल्यबृद्धि तथा बजार अनुगमन बिषयक कार्यक्रममा रिजालले प्रशासनले जतिसुकै अनुगमन गरेपनि व्यवसायीहरु गम्भीर र सचेत नभई बजार अनुशासन कायम हुन नसक्ने बताएका हुन् ।
उनले उपभोक्ताहरुले मूल्य, वस्तुको मिसावट लगाएतमा चासो राख्नुपर्ने र व्यवसायीहरु पनि इमान्दार भए उपभोक्ताको अधिकार स्थापीत हुने धारणा राखे । रिजालले नियमन निकायहरुको सक्रियता बढाए उपभोेक्ता हकहितलाई संरक्षण गर्न सकिने उल्लेख गरे ।
उनले आगामी दिनमा प्रशासनले निरन्तर अनुगमन गर्ने र उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कारवाही गर्ने स्पष्ट परेका छन् ।