त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा कुनै वस्तु भेटिएन ।

सारांश :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले बुधबार बिहान एक घण्टा आन्तरिक उडान प्रभावित भएको छ ।

विमानस्थलमा बिहान अपरिचित व्यक्तिले टेलिफोन गरेर विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको बताएका थिए । बम राखेको अपुष्ट खबर आएपछि विमानस्थलको आन्तरिक टर्मिनलमा जम्मा भएका यात्रुलाई बाहिर निकालिएको थियो । त्यसपछि बम निष्किय गर्ने टोलीले सर्च अपरेशन गर्दा कुनै पनि वस्तु नभेटिएकाले आन्तरिक उडान पुनःसुरु गरिएको थियो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बिहान ९ बजेर ४० मिनेट र ९ बजेर ५० मिनेटमा एक पुरुषले आन्तरिक टर्मिनल भवनमा सात स्थानमा बम राखेको भन्दै फोन गरेको जानकारी दिए । त्यसलगतै टर्मिनल खाली गरेर सर्च गर्दा केही नभेटिएको उनले बताए ।

बिमानस्थलमा आएको उक्त फोनका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!