समावेशिता र सङ्घीयतामाथिको प्रहार सैह्य हुँदैनः अध्यक्ष यादव

सारांश :

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशिता र सङ्घीयतामाथिको प्रहार सैह्य नहुने बताएका छन् ।

शनिबार पार्टीको ओखलढुङ्गा काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले राजनीतिक स्थिरताका नाममा समावेशिता, थ्रेसहोल्ड र सङ्घीयतामाथि प्रहार हुनेतर्फ सचेत रहनुपर्ने धारणा राखे । उनले विभिन्न नियुक्तिबाट सरकारले नै समावेशीता विरोधी काम थालेको आरोपसमेत लगाए ।

समावेशिता, स्वशासन, पहिचान र प्रतिनिधित्वको आधार नै सङ्घीयता भएको भन्दै सत्ताकेन्द्रीत राजनीति र राजनीतिक अस्थिरताको दोष व्यवस्थामाथि थोपर्न नहुने उनको भनाइ थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!