घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

सारांश :

काठमाडौँ । आज आइतवार साताको पहिलो कारोबारको दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैयरी तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ७२५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ९०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आन चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदीको मूल्य प्रतितोृला १० रुपैयाँले घटेको हो । यस दिन चाँदी एक हजार ७ सय ८५ रुपैयाँमा किनबेच भएको छ । शुक्रबार चाँदीको मूल्य एक हजार ७ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!