नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बिवाइडीका गाडी किन्नेलाई ८० प्रतिशतसम्म कर्जा दिने

सारांश :

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र साइमेक्स इंक प्रालिबीच बिवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि सम्झौता भएको छ ।

नेपालमा विद्युतीय सवारीको पहुँच बढाउ लक्ष्यका साथ यो सम्झौता गरिएको हो । समझदारी पत्रमा बैंक प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र साइमेक्स इंककी सेल्स हेड सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बीवाइडीका सबै मोडेलहरूको खरिदका लागि एनआईएमबीले ८० प्रतिशतसम्म कर्जा दिनेछ ।

बीवाइडीका गाडी किन्न इच्छुक ग्राहकले एनआईएमबीका कुनै पनि शाखामा अटो लोनका लागि आवेदन दिन सक्नेछन् ।

बैंकका अनुसार योग्य ग्राहकका लागि तीन कार्यदिनभित्र कर्जा उपलब्ध गराउने छ । बैंकले बीवाइडीका गाडीहरूका लागि आधार ब्याजदर र वार्षिक १ प्रतिशत प्रिमियममा ऋण उपलब्ध गराउनेछ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!