साङ्ग्रिला क्लब विराट गोल्डकपकाे फाइनलमा प्रवेश

सारांश :

मोरङ । विभागीय टोली एपीएफलाई ४–३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति सहिद रङ्शालामा  भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा भएको खेलमा हारजितको टुङ्गो नलागेपछि टाइब्रेकरमा साङ्ग्रिला फुटबल क्लबले उक्त परिणाम निकालेको हो । टाइब्रेकरमा पनि दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि सडनडेथबाट निर्णय भएको हो ।

साङ्ग्रिला क्लबका विशाल सुनार, आशिष चापागाईं, उमेश कार्की र  र  किरण राईले गरेका प्रहार गोलमा परिणत भएको थियो ।

एपीएफका अनिश महर्जन, सुमन श्रेष्ठ र विश्वास उदास गोल गर्न सफल भएका थिए भने दिपेश धिमाल र कुलदीप कार्की गोल गर्न चुकेका थिए । साङ्ग्रिला क्लबका गोलरक्षक विशाल सुनारले उनीहरूका प्रहार रोकेर आफ्नो टोलीलाई जिताएका हुन् । उनी प्लेयर अफ द म्याच घोषित भएर नगद ११ हजार पुरस्कार प्राप्त गरे ।

आज काठमाडौँको मच्छिद्र फुटबल क्लब र सिक्किमको ड्रागन फुटबल क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच  लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । उपाधिका लागि पर्सी शनिबार प्रतिस्पर्धा हुनेछ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!