काठमाडौँ । आज २०८१ साल जेठ २२ गते मंगलबार सन् २०२४ जुन ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
मंगलबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियाल सबैको मूल्य घटेको छ । यसअघि अमेरिकी डलर र कतारी रियालको मूल्य तीन दिनदेखि स्थिर थियो भने युरो र बेलायती पाउण्डको मूल्य सोमबार बढेको थियो ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts