६ जना सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

सारांश :

काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको सरुवा गर्ने निर्णय गरेको छ ।

बैठकले सचिव दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई सरुवा गर्ने निर्णय गरेको हो ।

यसैगरी लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा ल्याइएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको पशुपंक्षी विकास सचिवका रुपमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद्ले पशुपंक्षीका रेवतीरमण पौडेललाई कृषि विकास सचिवको जिम्मा दिने निर्णय गरेको छ । यसैगरी कृषि सचिव गोविन्दप्रसाद शर्मालाई वन मन्त्रालयमा सरुवा गर्ने निर्णय समेत भएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!