नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ५ सय ४ पिसिआर परिक्षणका क्रममा २९ जना र १ हजार ५ सय ९० एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ९७ जना निको भएका छन् । हाल नेपालमा २ सय १७ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
थप १८ जनामा कोरोना संक्रमण पुष्टि
राष्ट्रपति भण्डारी द्वारा निर्माण भएको ऐतिहासिक काष्ठमण्डपको उद्घाटन ।
भुक्तानी पाएपछि काममा फर्किए निर्माण व्यवसायी
निर्वाचन आचारसंहिताको सही पालना गर्दै मतदाताको अधिकारप्रति सचेत गराउन आग्रह - दि...
पेस्तोलसहित काठमाडौँकाे रानीवनबाट एक युवा पक्राउ
मुलुकका पाँच सय ३९ स्थानीय तह पूर्णरुपमा विद्युतीकरण, कुन प्रदेशमा कति ?