प्राकृतिक प्रकोपबाट नागरिकको जनधन जोगाउने बिषय राज्यको दायित्व हो : रवि लामिछाने

सारांश :

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपबाट नागरिकको जनधन जोगाउने बिषय राज्यको अनिवार्य दायित्व भएको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले प्राकृतिक प्रकोप र क्षतिको न्यूनिकरण गर्न बजेटको कमि हुन नदिने समेत बताएका हुन् । विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन र उपकरण खरिद प्रक्रियालाई सरलीकृत गर्नका लागि सहज कानूनी व्यवस्था हुनुपर्ने उनले बताए । विपद् र जोखिम न्यूनीकरणका लागि एकीकृत प्रणालीको अभ्यास गरिरहेको उनको भनाई छ । उनले नीतिगत व्यवस्थालाई बलियो बनाउनका समिति लगाएत सरोकारवाला निकायले समेत पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बिपद न्युनिकरण गर्नका लागि पटक पटक छलफल गरेर आवश्यक सामाग्री जोखिमयुक्त पालीकामा पठाइएको धारणा राखे । वन डेडेलो नियन्त्रणका लागि दमकलमात्रै प्रभावकारी नहुने भएकाले हाते उपकरण खरिद गर्नुपर्ने उनको तर्क छ । उनले अहिले देशभर प्रयाप्त संख्यामा दमकल समेत नरहेको बताएका छन् ।

बैठकमा समिति सदस्यहरुले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन राज्यले समयमा नै पूर्ण तयारी गर्नुपर्ने बताएका थिए । उनीहरुले वन डडेलोलाई नियन्त्रणमा लिन गम्भीरतापूर्वक काम गर्न पनि सरकारलाई सुझाव दिएका छन् । गृहमन्त्रालयका अनुसार पछिल्लो एक बर्षमा आगलागी र डेडेलोका कारण २६ जनाले ज्यान गुमाएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!